Friday, 19 August 2016

श्रीमान्ले लोहोरो हान्दा श्रीमतीको ज्यान गयो

लहान ।  आफ्नै श्रीमान्ले प्रहार गरेको मसला पिस्ने सिलौटाको लोहोरोले हान्दा शुक्रबार सिरहामा एक महिलाको मृत्यु भएको छ ।

घरायसी विवाद हुँदा रिसको झोकमा सिरहाको लहान नगरपालिका–६ निवासी विशेश्वरप्रसाद साहले श्रीमती बबिताकुमारी साहलाई लोहोरोले प्रहार गर्दा बबिताको मृत्यु भएको हो ।

लोहोरो प्रहारबाट घाइते भएकी साहलाई उपचारका लागि तत्काल लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा पुर्‍याइएको थियो ।

उपचारकैक्रममा बबिताको बिहान ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

लोहोरो प्रहार गर्ने बबिताका श्रीमान् ३८ वर्षीय विशेश्वरप्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us