स्वाद र मिठोपनको लागि आलु त खानुहुन्छ तर के तपाईले कहिले आलुको बोक्रा खानेबारे सोच्नुभएको छ ? यदि अहिलेसम्म सोच्नुभएको छैन भने एक पटक विचार गर्ने की ? जतिपटक तपाईको घरमा आलुको तरकारी बन्छ सो समय आलुलाई ताछेर त्यसको बोक्रा सञ्चय गरेर राख्नुहोला । यसलाई फरक फरक तरिकाले प्रयोग गरेर धेरै रोगबाट बच्न सक्नुहुन्छ । यसबाट तपाइले औषधीमा गर्ने खर्च समेत बचाउन सक्नुहुन्छ ।
१) ब्लड प्रेसरको लागि स् आलुमा राम्रो खालको पोटासियम पाइन्छ । पोटासियमले ब्लडप्रेसरको नियमन गर्न सहयोग गर्छ ।
२) मेटाबालिज्म स् यसले मेटाबालिज्मलाई पनि सही तरिकाले राख्न मदत गर्छ । विज्ञहरुलाई आधार मान्ने हो भने आलुको बोक्रा खादा नब्र्सलाई मजबुत बनाउँछ ।
३) एनिमिया स् यदि तपाई आइरनको कमीबाट जुधिरहनु भएको छ भने आलुको ताछेको बोक्रा खानुहोस अरु सब्जीसँग । यसले एमिनियाको खतरालाई टार्छ ।
४) ताकतका लागि स् आलुको बोक्रामा भरपुर मात्रामा भिटामिन बि ३ पाइन्छ ।
५ फाइबरले भरपुर स् हाम्रो डाइटमा फाइबरको केही मात्रा जरुरी पर्छ । यो आलुमा पाइन्छ । यसले डाइबेटिज प्रणालीलाई बुस्ट गर्न मदत गर्छ ।