Sunday, 7 August 2016

जव ९० वर्षे वृद्धालाई ओच्छ्यानसहित झ्याइकुटी पार्दै बाहिर निकालेर घरमा डोजर चलाईयो

धादिङ ।  जिल्ला वन कार्यालयले धादिङले वन अतिक्रमण गरेर बनाइएका घर टहराहरु धमाधम भत्काउन थालेको छ । वन कार्यालयले भत्काएका घरटहराहरु नेकपा एमाले भएकै कारणले भत्काइएको आरोप लगाएको छ ।   नेकपा एमाले बागमती अञ्चल सदस्य जगन्नाथ नेपालको नेतृत्वमा आइतबार जिल्ला वन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक प्रतिनिधि मण्डलले भेट गरि घर भत्काउँदा एमाले कार्यकताको मात्र छानी छानी भत्काएको आरोप लगाएको हो ।
  
वन कार्यालयले शनिबार बैरेनी–८ भत्टार नजिकै रहेको वन क्षेत्रमा बनाइएका चार वटा घर टहरा भत्काएको थियो । वन क्षेत्रमा बनेका अन्य घरहरु नभत्काएको र एमाले कार्यकर्ताहरु रहेको घरमात्र भत्काएकाले गम्भीर आपत्ति भएको भन्दै कानुनी दयरामा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीलाई आग्रह गर्नुभयो ।  

घरमा बसेका बिरामी माथि दुव्र्यवहार गर्दै ओछ्यानसहित बिरामीलाई बाहिर निकालेर घरमा डोजर लगाएको एमालले आरोप लगाएको छ ।

 ९० वर्षे कष्णबहादुर थापालाई सुतेकै ठाउँबाट ओच्छ्यानसहित बाहिर नकालेर डोजर लगाएको एमालेको आरोप छ । प्रमुख जिल्ला अधिकारी सुवेदीले घटना बारे निश्पक्ष छानविन गर्ने बताउनुभएको छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us