Thursday, 18 August 2016

बिहेको लागि छबिको पहीलो रोजाईमा शिल्पा,हिफाजत २ मा पनि शिल्पानै मुख्य भुमीकामा

काठमाडौं । केही साता अघि निर्माता छबिराज ओझा र नायिका रेखा थापाले कानुनी रुपमा सम्बन्ध बिच्छेद गरेका थिए ।सम्बन्ध बिच्छेद पछि दुबैको नयाँ सम्बन्धको बाटो खुलेको आकलन धेरैले गरेका छन भने दुबैलाई नयाँ सम्बन्ध स्थापित गर्न बाटो खुलेको भनाई छबिराज ओझाले राखी पनि सकेका छन ।

हालैमात्र किस्मत २ फिल्मको तिमी आकाशकी परी बोलको नयाँ गित रीलिज गरेका छबिराज ओझाले ई ट्वान्टीफोर टेलिभिजन क्रिउ संग कुरा गर्दै हिफाजत २को मुख्य भुमीकामा पनि नायिका शिल्पा पोखरेल नै चयन भइसकेको जानकारी गराए ।


नायिका रेखा थापा संग बेग्लै बस्न थालेको लामो समय बिति सकेको र कानुनी रुपमा पनि बिच्छेद भइ सकेकाले बिबाहको लागि परीबार र साथिभाई बाट दबाद आइ रहेको पनि उनि बताउदछन ।नायिका शिल्पा संग हुन सक्ने बिबाहको बारेमा जिज्ञासा राख्दा शिल्पा सधै बिबाहको लागि छबिको पहीलो रोजाईमा पर्ने उनि बताउद छन ।बिबाह गर्ने स्थीति आए पछि सबै भन्दा पहीलो प्रस्ताब शिल्पा पोखरेललाई नै राख्ने उनि बताउ छन ।


शिल्पा अभिनित फिल्म बृन्दाबन र किस्मत २ आउदो भदौ र असोजमा प्रदर्शनमा आउदै छ ।किस्मत २ छबिराज ओझाको फिल्म हो ।किशोर खतिवडा,शिल्पा पोखरेल,पृथ्बी राज मुख्य भुमीकामा रहेको फिल्मलाई ऋषि लामीछानेले निर्देशन गरेका हुन ।किस्मतको रीलिज महान चाड दशैको अबसरमा हुदै छ भने आगामी फिल्म हिफाजतमा पनि छबिले शिल्पालाईनै फाइनल गरी सकेका छन ।

यि निर्माता र नायिकाको सम्बन्धको चर्चाको अन्त्य कसरी होला त्यो थाहा पाउन अझै केही समय लाग्ने चिस्चीत भएपनि ब्यबशायिक यात्राले निरन्तरता पाउलाकी नपाउला त्यो कुराको टुङगो दशैमै लाग्ने छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us