Saturday, 20 August 2016

टर्कीमा विवाह समारोहमा विस्फोट, ३० को मृत्यु

काठमाडौं । टर्कीको गजिनटेप शहरमा एक विवाह समारोहमा भएको विस्फोटमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । ९४ जना भन्दा बढी घाइते भएका छन् ।
टर्की सरकारले यसलाई चरमपन्थी आक्रमण भनेको छ र आत्मघाती आक्रमणकारीले गराएको बताएको छ । यद्यपि विस्फोट कसले गराएको भन्ने खुलेको छैन ।
उपप्रधानमन्त्री मेहमत सिमसेकले यो आक्रमण बर्बरतापूर्ण भएको बताएको बीबीसीले जनाएको छ ।
गजिनटेप सिरियाली सीमाबाट ६४ किलोमिटरको दुरीमा छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us