Saturday, 27 August 2016

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा खुला आकाश सम्झौता

काठमाडौं । नेपालका निर्माणाधीन विमानस्थल सञ्चालनका लागि अनिवार्य मानिएको खुला आकाश सम्झौता गर्न अन्ततः भारत तयार देखिएको छ ।

प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणका क्रममा यो सम्झौता गर्ने तयारी भइरहेको संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले जनाएको  छ ।

भैरवाह विमानस्थल निर्माणले गति लिइरहे पनि यो सम्झौता नहुँदा यसको भविश्य नै अन्योलमा परेको थियो ।

सम्झौता गर्न भारतले आलटाल गर्दै आए पनि पछिल्लो समय सकारातमक देखिएपछि पर्यटन मन्त्रालयले परराष्ट्रमार्फत गत साता भारतलाई पत्र पठाएको छ ।

प्रधानमन्त्री प्रचण्ड भदौ अन्तिम साता नयाँ दिल्ले जाने सहमति भए पनि औपचारिक टुंगो भने लागिसकेको छैन ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us