काठमाडौं । इलाका प्रहरी कार्यालय इटहरीमा बुधबार मात्रै सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले प्रहरी कार्यालयलाई यातनारहित बनाउने प्रतिबद्धता जनाएका थिए ।
तर, उनको प्रतिबद्धता २४ घन्टा पनि टिकेन । प्रतिबद्धता जनाएको २४ घन्टा पनि नबित्दै स्थानीय एक आर्ट (पेन्टर) व्यवसायीलाई प्रहरीले कार्यालयभित्रै लगेर कुटपिट गरेको छ ।
स्थानीय संगीत चोकमा रहेको न्यु रेम्बो आट्र्स एन्ड नाइलन स्ट्याम्पका कर्मचारी मनोज पञ्जियारलाई प्रहरीले शुक्रबार दिउँसो ३ बजे कार्यालयभित्रै लगेर कुटेका हुन् । उनको देब्रे गाला सुन्निएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।