काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सनराइज बिज टावरको लिफ्टमा शुक्रबार एउटा बेवारिसे शव भेटिएको छ । लिफ्टमा साँझ एक पुरुष व्यक्तिको शव फेला परेको महानगरीय अनुसन्धान महाशाखाले जनाएको छ ।
मृतकको परिचय नखुलेको महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए । ति व्यक्तिको लिफ्टमै कुनै कारण निधन भएको हो वा हत्या भएको भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।
प्रहरीले शवबारे अनुसन्धान सुरु भएको जनाएको छ ।