Tuesday, 16 August 2016

हाइटेन्सन तार चुँडिएर करेन्ट लाग्दा बालक दाजुभाइको मृत्यु

बुटवल । बुटवलको कालिकानगरमा हाइटेन्सन लाइनको तार खसेर करेन्ट लाग्दा एकै घरका दुई बालक दाजुभाइको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका २० का गोपाल क्षेत्रीका छोराहरु १० वर्षीय रोहित र ६ वर्षीय रोहनको मृत्यु भएको हो ।

उनीहरु कालिकानगर अभियानपथमा खेलिरहेका बेला दिउँसो एक बजेर ५० मिनेट तिर तार खसेर करेन्ट लागेको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us