Friday, 26 August 2016

घाँटीमा चक्कु तेर्सासाएर दुई महिनाकी सुत्केरीमाथि बलात्कार

धरान । सुनसरीको धरान–१५ श्यामचोकनजिकको सुकुम्वासी बस्तीमा बुधबार राति एकजना दुई महिने सुत्केरी महिलामाथि बलात्कार गरिएको छ ।

राति करिब ९ बजे श्रीमान् घरमा नभएको बेला सुतिरहेको अवस्थामा छिमेकी एक युवकले चक्कु देखाउँदै नजिकै रहेको आफ्नै घरमा लगेर रातभर बलात्कार गरी बेहोश अवस्थामा छाडेको पीडित महिलाले बताएकी छिन् । 


घाँटीमा चक्कु राखेर करीब दुई महिनाको दूधे बालकसहित जबर्जस्ती घरबाटै उठाएर लगेको पीडितको भनाई छ । बिहान होस खुल्दा रगत बगिरहेको अवस्थामा आफू तिनै युवकको घरको पेटीमा सुतिरहेको उनले सुनाइन् । प्रतिकारको प्रयास गर्दा पनि ती युवकले छुरा देखाएर जबर्जस्ती गरेको बताउँदै भनिन्,छाडदिन आग्रह गर्दा पनि जर्बजस्ती गरिरहे मैले पीडा खप्नै सकिन् ।


छिमेकीले उनलाई बिहीबार बिहान रगतपच्छे अवस्थामा भेटेका थिए । पति रिक्साचालक भएकाले राति अबेर आउने गरेको मौका छोपी ती युवकले उनलाई आप्mनै घरमा लगेर बलात्कार गरेको छिमेकीले बताएका छन् । उनीहरुले ती युवकसमेत घरमा एक्लै भएको समयमा बलात्कार गर्न सफल भएको जनाए ।


राति श्रीमान् घरमा पुग्दा श्रीमतीलाई नभेटेपछि छिमेकीको सहयोगमा रातभर खोजी गरेका थिए । राति नभेटिएकी उनी बिहान छिमेकीकै घरमा रक्ताम्य अवस्थामा भेटिएपछि मात्रै उनी बलात्कृत भएको खुलेको थियो । अपहरण नै गरेर गरिएको विभत्स बलात्कारको घटनामा संलग्न भने फरार छन् ।

डीएसपी ढकेन्द्र खतिवडाले पीडितको जाहेरी आएको र स्वास्थ्य परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको बताए । उनले घटनामा संलग्नको खोजी भइरहेको बताए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us