काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो महिनाको तलब धर्मुस सुन्तली फाउण्डेसनलाई दिने घोषणा गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका धुर्मुस सुन्तलीसहितको टोलीलाई उनले आफ्नो एक महिनाको पारिश्रमिक उपलव्ध गराउने बताएका छन् ।
भूकम्पपछि आएको मानवीय विपत्तिलाई राहत दिन धुर्मुस सुन्तलीले चलाएको अभियानको प्रसंसा गर्दै प्रधानमन्त्रीले भने( ‘ म तपाईंहरुको अभियानमा सँगै छु’ , अहिलेको लागि मेरो पहिलो महिनाको व्यक्तिगत लतब तपाईहरुको फाउण्डेसनलाई सहयोग गर्छु ।’
भेटमा प्रधानमन्त्री प्रचण्डले धुर्मुस सुन्तलीले निर्माण गरिरहेको एकिकृत नमुना वस्तीलाई सरकारले प्राथमिकतामा रहेको उल्लेख गरे । प्रचण्डले आफू अहिले केहि गरेर देखाउने सोचमा रहेको भन्दै सरकार र नागरिक मिलेर पुनर्निर्माणलाई अगाडि बनाउनेपर्ने बताए ।