Tuesday, 23 August 2016

इटालीमा ६.२ रेक्टर स्केलको भूकम्प, धेरै क्षति भएको आश‌ंका

इटालीको दक्षिण–पश्चिममास्थित पेरुगियालाई केन्द्रविन्दु बनाएर त्यहाँ ६.२ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पका कारण मध्य इटालीमा घरहरु भत्किएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । इटालीको अमाट्रिसे शहरका मेयरका अनुसार शहरको आधी भाग पूर्णरुपमा ध्वस्त भएको छ । अधिकारीहरुका अनुसार प्रारम्भिक रुपमा ६ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ भने धेरैजना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

यस्तै इटालीको केन्द्रमा रहेको अकुमोली शहरमा पनि थुप्रै घरहरु भत्किएको बताइएको छ ।

इटालीको राजधानी रोममा भूकम्पका कारण केही भवनहरु २० सेकेन्डसम्म हल्लिएको ला रिब्पिलिका पत्रिकाले बताएको छ ।

थप जानकारी भने आउने क्रम जारी छ । इटालीमा सन् २००९ मा गएको ६।३ रेक्टर स्केलको भूकम्पमा ३०० जनाले ज्यान गुमाएका थिए ।





About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us