Tuesday, 9 August 2016

दाईजो नल्याएको भन्दै श्रीमान, सासु र ससुरा मिलेर निर्घात कुटपीट, अवस्था गम्भिर

बाँके । दाईजो नल्याएको भन्दै नेपालगन्ज १९ बालेगाउँकी १८ वर्षीया आसरुन जोलहालाई परिवारले निर्घात कुटपीट गरेका छन् । कुटपिटबाट उनका दुबै आँखामा गहिरो चोट लागेको छ । 

गम्भीर घाईते भएकी आसरुनको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आसरुनलाई कुटपिट गर्ने उनका श्रीमान २४ वर्षीय वसिम जोलहा र सासु बाबादैया जोलहालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक भिमकिरण बोगटीले बताए । 

घाइते जोलहालाई उपचारका लागि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएपछि घटना बाहिर आएको उनले बताए । उनीहरुबिरुद्व ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ । 

२ वर्ष अघि मागी विवाह भएको आसरुनको पटक पटक दाइजो नल्याएको भन्दै घरमा श्रीमान सासु ससुराले कुटपिट गर्ने गरेको बताईन ।




About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us