काठमाडौं । शुक्रबार काठमाडौंमा अत्यधिक वर्षा अर्थात उल्का वर्षा हुने भएको छ । बैज्ञानिकहरुका अनुसार बिहिबार र शुक्रबार स्विफ्ट टटल नामक पुच्छ्रेताराका कारण उल्का वर्षा हुन लागेको हो ।
गत साउन २ गतेदेखि सक्रिय भएको ययाति उल्कावर्षा अत्यधिक मात्रामा हुने अनुमान बैज्ञानिकहरुको दाबी छ । यसैबिच नेपाल एस्ट्रोनोमिकल सोसाइटीले पनि आगामी भदौ ८ गते सम्म उल्का वर्षा भैरहने दाबी गरेको छ ।
बैज्ञानिकहरुका अनुसार शुक्रबार उल्कावर्षा उत्तर तथा उत्तरपूर्वी आकाशमा देखिने तथा मौसम सफा रहेको खण्डमा विहिबार नै उल्का वर्षा देख्न सकिनेछ । उल्का वर्षा भन्नाले सामान्य अर्थमा तारा खसेको भन्ने बुझिन्छ । विज्ञहरुले यसलाई लिएर नआत्नि पनि सुझाएका छन् ।
कसरी हुन्छ उल्का वर्षा ?
स्वीफ्ट टटल नामक ताराले सूर्यको परिक्रमा गर्न एक सय ३३ वर्ष लगाउने क्रममा जब यो सूर्यको नजिक पुग्छ त्यो समयमा उसले छाड्ने धूलोका कारण र चट्टान पृथ्वीको वायुमण्डलमा तिब्र गतिले ठोक्किएर जल्दछन् । जसलाई नै उल्का वर्षा भनिन्छ ।