रोल्पा । पैसा कमाउन मलेसिया पुगेका रांसीका खिमप्रसाद परियार ६ वर्षदेखि बेपत्ता छन् । मलेसियाको आर सेगरी होल्डिङ नामक कम्पनीमा काम गर्ने परियार १३ साउन ०६७ देखि बेपत्ता छन् ।
सो दिन बिहान ७ बजे साइकलबाट ड्युटी हिँडेका परियार फेरि नफर्किएको मलेसियाबाट खबर आएको उनका भाई भूपेन्द्रले बताए ।
कोठाबाट निस्किएको ३० मिनेट नबित्दै परियार चढेको साइकल सडक छेउमै भेटिएको, तर उनलाई नभेटेको भनी एक हप्तापछि घरमा खबर आएको भूपेन्द्रको भनाई छ ।
मलेसिया पुगेको चार वर्ष भइसकेकाले उनी घर आउने तयारीमा थिए । ३६ वर्षीय परियार हराएको ६ वर्ष बितिसक्दा पनि उनको परिवारले आधिकारिक जानकारी पाउन सकेको छैन भनी आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।