Wednesday, 10 August 2016

पत्निलाई पराष्ट्रमन्त्री बनाउन देउवाको दौडधुप, तर डर उपेन्द्र यादवको

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पराष्ट्रमन्त्रीमा आफ्नै पत्नि डा आरजु राणा देउवालाई अघि सार्ने तयारी गरेका छन् ।

काँग्रेस–नेकपा माओवादी केन्द्रको गठबन्धनमा बनेको नयाँ सरकारले अझैसम्म पूर्णता पाउन सकेको छैन् । सत्तारुढ दल काँग्रेसले अझैसम्म पनि आफ्नो तर्फबाट मन्त्रीको नाम टुँगो लगाउन सकेको छैन् । खासगरी बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्रीमण्डलमा आफ्नो तर्फबाट कम्तिमा ६ जना पठाउनुपर्ने अडान लिएपछि काँग्रेसभित्र समस्या उत्पन्न भएको हो ।

काँग्रेसको भागमा १३ वटा मन्त्रालय परेका छन् । अहिलेसम्म काँग्रेसबाट दुईजना मन्त्री भएका छन् । उपप्रधान तथा गृहमन्त्रालयको जिम्मेवार विमलेन्द्र निधिले सम्हालेका छन् भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी रमेश लेखकले सम्हालेका छन् ।

सभापति देउवा यतिवेला चर्को दबाबमा परेका छन् । पत्नि आरजु देउवाले आफूलाई पराष्ट्रमन्त्री बनाउन भित्रि दबाब दिएपछि उनले पौडेल खेमाबाट पराष्ट्रमन्त्री बन्ने चर्चामा रहेका डा। शेखर कोइरालालाई परराष्ट्रबाहेक अन्य मन्त्रालय रोज्न सुझाएका थिए, तर कोइरालाले आफ्नो ईच्छा परराष्ट्रबाहेक अर्को मन्त्रालय नभएको दाबी गरेपछि मन्त्रीमण्डल विस्तारमा ढिलाई भएको बुझिएको छ । अन्र्तराष्ट्रिय शक्ति सन्तुलनमा आरजुले पति देउवालाई लामो समयदेखि सघाउँदै आएकीछिन् ।

देउवानिकटका प्रभावशाली नेताहरुले पनि यतिवेला आरजुलाई मन्त्री बनाउन दबाब दिएपछि देउवा जसरी पनि उनलाई पराष्ट्रमन्त्री बनाउन लागिपरेका छन् । त्यसको लागि उनले पहिलो लटमा मन्त्री बन्न लागेका शेखरलाई रोकेर सफल बनेका छन भने अब मधेशी मोर्चा सरकारमा आए पराष्ट्रमन्त्रीका प्रमुख दावेदार पूर्व उपप्रधानमन्त्री एवम् पराष्ट्रमन्त्री तथा मोर्चाका नेता उपेन्द्र यादवतिर ध्यान दिएका छन् । उनले यादव सरकारमा आउनुपुर्व नै पत्निलाई उक्त मन्त्रालयको जिम्मेवारी तोक्ने तयारी गरेका छन् ।

सम्भवतः आज हुने पार्टीभित्रको आन्तरिक छलफलमा यी विषयमा कुरा मिले उनले शुक्रबार नै काँग्रेसको तर्फबाट मन्त्रीमण्डलमा नाम पठाउने बुझिएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us