नुवाकोट । गोरखाबाट बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन भएको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको छ ।
सो हेलिकप्टरमा एक शिशुसहित पाँचजना यात्रु रहेको फिस्टेल एयरले पुष्टि गरेको छ । हेलिकप्टरमामा कितमान गुरुङ, प्रिति गुरुङ र उनका पाँच दिने छोरा, लक्ष्मी गुरुङ, अज्ञानी गुरुङ र निशा तामाङ सवार थिए । सो हेलिकप्टरका चालक रञ्जन लिम्बू हुनुहुन्छ । हेलिकोप्टरमा सवार सातै जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता यादव प्रसाद कोईरालाले जानकारी दिए ।
सो हेलिकप्टर नुवाकोटको मदानपुर गाविस–९ को बेतनी जङ्गलमा दुर्घटना भएको हो ।