काठमाडौं । स्वदेशमा उत्पादन नहुने र बर्षेनी माग बढ्दै गएको पुरुष गर्भनिरोध साधन कन्डोम आयात गर्दा गत आर्थिक बर्षमा ठूलो रकम बिदेशिएको छ । वीरगंज भन्सार कार्यालयको तथ्यांक अनुसार, गत आर्थिक बर्षमा मात्र यो नाका हुदै ३३ करोड ५० लाख १७ हजार रुपैंया बराबरको ४ लाख ३ हजार २ सय ९५ किलो बिभिन्न ब्रान्डका कन्डोम आयात भएका छन् ।
अघिल्लो आर्थिक बर्षमा पनि ३१ करोड रुपैंयाको कन्डोम आयात भएको थियो । मुुलुकका अन्य नाकाबाट पनि ठूलो परिमाणमा कन्डोम आयात हुने गरेको छ । वीरगंज नाकाबाट बढी जसो भारत र चीनबाट कन्डोम आयात हुने गरेको छ ।
कण्डोममा भन्सार छुट दिइएकाले पनि आयात प्रोत्साहित भएको वीरगंज भन्सारका प्रवक्ता लोकराज पन्तको भनाई छ ।