Sunday, 14 August 2016

माओवादी केन्द्रका दुई केन्द्रीय सदस्यको यौनकाण्डले पेरिसडाँडामा भूइँचालो

काठमाण्डौं । माओवादी पार्टी कार्यलय पेरिसडाँडामा यौनकाण्ड सम्बन्धी निवेदन दर्ज भएसँगै हल्लीखल्ली मच्चिएको छ । दुई केन्द्रीय सदस्यले अर्कोको श्रीमतीलाई जर्वजस्त गर्न खोजेको व्यहोराको उजुरी पार्टी केन्द्रीय कार्यलयमा दर्ज भएको बुझिएको छ । 

पार्टीका दुई केन्द्रीय सदस्य विरुद्ध नै उजुरी परेपछि  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले घटनाको सत्यतथ्य बुझ्न दुई सदस्यीय छानबिन समिति बनाइ काम अगाडि बढाउन निर्देशन दिएकाछन । माओवादी स्रोतका अनुसार पार्टी केन्द्रीय सदस्य गणेश भण्डारी र संगीतकार चेतन सापकोटा विरुद्ध पार्टी कार्यलयमा उजुरी दर्ता भएको हो । उनीहरु प्रचण्ड प्रधानमन्त्री निर्वाचन भएकै ताका एक जना राप्रपा पार्टीका केन्द्रीय सदस्यको घरमा पाहुना लाग्न गएका थिए । 

राती मदिरा सेवन गरेसँगै ति नेताका श्रीमती माथि जाइलागेसँगै मध्यरातमा उनीहरुले तिनको श्रीमानबाट झापु भेटेका हुन । सांष्कृतिक विचलनको आरोप लगाँउदै ति दुई नेता विरुद्ध पार्टी कार्यलयमा मुद्धा दर्ता भएसँगै यो विषयमा छानविन गर्नका लागि विश्वभक्त दुलाल ‘आहुती’ र वलराम तिमिल्सिना सदस्य रहेको समिति बनेको छ । (स्रोत एसकाठमाण्डौं) 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us