Monday, 22 August 2016

ठमेलमा तेस्रोलिंगीको ‘आतंक’ : जिस्काई जिस्काई लुटपाट

काठमाडौं । लाजिम्पाटको सिटी होटेलअगाडि गत सोमबार एक युवकले तेस्रो लिंगीलाई जिस्क्याउन थाले । त्यहाँ आधा दर्जनभन्दा बढी तेस्रो लिंगी बसिरहेका थिए । फोन गर्न भन्दै उनीहरूले युवकसँग मोबाइल मागे । मोबाइल लिएपछि हेल्मेटले हानी युवकलाई घाइते बनाई पैसा लुटे । युवकले उजुरी गरेपछि महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले सो क्षेत्रमा बस्नै सबै तेस्रो लिंगीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

केही दिनअघि मात्र एक सरकारी कर्मचारी नै ठमेलमा लुटिए । साथीसँग मदिरा खान आएका ती कर्मचारी तेस्रो लिंगीसँग जिस्कन थालेपछि उनीहरूले मोबाइल लुटे । श्रीमतीले फोन गर्दा आफू गर्लफ्रेन्ड बोलेको भन्दै फोनमा कुरा गर्न थालेपछि कर्मचारी झन् संकटमा परे । त्यसपछि मोबाइल फिर्ता गराउनुपर्दैन, मोबाइल बन्द गराइदिनुपर्‍यो भन्दै ती कर्मचारी प्रहरी कहा गए ।

धेरै वर्षदेखि ठमेलको सञ्चय कोष भवनआसपास तथा केशरमहलमा तेस्रो लिंगी सडकमा बस्ने गरेका छन् । भगवानबहाल क्षेत्रका गल्लीमा तेस्रोलिंगीले सर्वसाधारणलाई लुट्ने गरेका छन् । यौनजन्य गतिविधिका लागि एकान्तमा लगेर उनीहरूले लुट्ने गरेका हुन् । कतिपयले प्रहरीमा उजुरी गर्छन् भने केहीले इज्जत जाने डरले उजुरी गर्दैनन् ।

प्रहरी अधिकारीका अनुसार ठमेलमा तीन किमिसका तेस्रो लिंगी छन् । एकथरी मदिरा पिउने, डिस्को जाने रमाइलो गर्नकै लागि ठमेल जान्छन् । दोस्रोथरी वेश्यावृत्तिका लागि जाने गर्छन् । तेस्रोथरी भने लुटपाटमा सक्रिय रहेको प्रहरी अधिकारी बताउाछन् । उनीहरू प्राया लाजिम्पाट क्षेत्रमा बस्छन् । लाजिम्पाटको सिटी होटेलको पछाडि बस्ने भएकाले उक्त क्षेत्रमा धेरै लुटपाट हुने गरेका छन् । ‘पक्राउ गरेर थुन्यो, छुटेपछि फेरि त्यही पेसामा फर्कन्छन्,’ दरबारमार्ग प्रहरी वृत्तका डिएसपी कृष्णबहादुर पल्ली मगर भन्छन्, ‘प्रहरीलाई देख्नेबित्तिकै भाग्ने गर्छन्, तेस्रो लिंगीको समस्या यो क्षेत्रमा ठूलै समस्या बनेको छ ।’ 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us