Monday, 8 August 2016

गोरखाबाट विरामी लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना

काठमाडौं । गोरखाबाट विरामी लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर सोमबार नुवाकोटमा दुर्घटना भएको छ । फिदिमबाट विरामी लिएर उडेको नाइन एन ए के ए कल साइन भएको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

हेलिकोप्टर नुवाकोटको मदानपुर ९ को जंगलमा दुर्घटना भएको पुष्टि भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताएका छन् ।
उनले भने,  ‘घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छैन । तर, दुर्घटना भएको भन्ने करिब-करिब पुष्टि भएको छ ।’
हेलिकप्टरमा ६ जना थिए । उनीहरूको अवस्था कस्तो छ भनेर खुलिसकेको छैन ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us