Tuesday, 30 August 2016

विदेशबाट मोवाईल ल्याउदै हुनुहुन्छ ? विचार गर्नुस् प्राधिकरणले तपाईको मोबाइल ब्लक गरिदेला

काठमाडौं । अबैध रुपमा आयात गरिएका वा विदेशबाट ल्याइएका मोबाइल फोन नेपाल दूरसञ्चार प्राधिकरणले ब्लक गर्ने भएको छ । प्राधिकरणले आगामी वैशाख १ गतेदेखि आईएमइआई नम्बर नभएका मोबाइल ब्लक गराउने तयारी गरेको हो। प्राधिकरणले तयार पारेको ‘राष्ट्रिय उपकरण पहिचान दर्ता’ (एनइआईआर) को आन्तरिक कार्यविधिमा आधिकारिक आईएमइआई नम्बर नभएका मोबाइल ब्लक गराउने निर्णय गरेको हो।

एनइआईआरको मुख्य उद्देश्य युनिट डिभाइस ट्र्याक एण्ड ब्लक गर्नु, चोरी भएका मोबाइल पत्ता लगाउने, अपराधिक क्रियाकलाप रोक्ने, राष्ट्रिय सुरक्षा, अबैध मोबाइल फोनको बजार कम गर्ने र राजश्व बढाउनु रहेको प्रधिकरणले जनाएको छ।

‘अब आउने वैैशाख १ गतेदेखि यो कार्य सुरु गर्ने मनसाय लिएका थियौँ,’ नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक मीनप्रसाद अर्यालले भने, ‘सबै सेवा प्रदायक कम्पनीले यो सेवा सर्पोट नगर्ने भएकाले हामीले हाल अस्थायी अन्तरिम व्यवस्था निर्देशिका बनाएर यो काम लागू गर्ने भएका छौँ। यसलाई हामी चरणबद्ध रुपमा अघि बढाउने तयारीमा छौँ। छ९छ महिनाको एक चरण गर्दै हामीले चरणबद्ध रुपमा यो काम अघि बढाउने तयारी गरेका छौँ।’

यो सेवा संचालन गर्न सबै अपरेटर सिस्टममा इआईआर ९उपकरण पहिचान दर्ता० सुविधा हुनु पर्छ। एनसेल, स्मार्टसेल कम्पनीमा यो इआईआर सुविधा छ। नेपाल टेलिकमका केही उपकरणमा यो सुविधा नभएको र पछि यसलाई अपग्रेड गर्न सकिने अर्यालले बताए।

उनले भने, ‘पहिलो चरण अर्थात पहिलो छ महिनामा नेपालका अपरेटरको सिस्टममा यो सेवा संचालन गर्ने भएका छौँ। इआईआर सुविधाले कुनै पनि फोन नक्कली ९फेक०, क्लोन र नल ९आईएमइआई नै नदेखाउने० मोबाइल फोनको पहिचान गर्छ। कतिपय यस्ता मोबाइल फोन छन् जसको आईएमइआई नम्बर कि त नक्कली छ, की दुईवटा फोनमा एउटै नम्बर छ र कतिपय मोबाइल बिना आईएमइआई नम्बरका छन्।

मोबाइल अपरेटर कम्पनीले यस्ता मोबाइल फोन पहिचान गरी सूची तयार पारेर प्रधिकरणलाई बुझाउनु पर्नेछ। साथै नक्कली वा आईएमइआई नभएका मोबाइल प्रयोगकर्ताहरुलाई अपरेटर कम्पनीबाट सूचना स्वरुप म्यासेज पठाइनेछ।’

‘दोस्रो चरणमा अर्थात् छ पहिनापछि सम्पूर्ण मोबाइल सेवा प्रदायक कम्पनीले पूर्णरुपमा इआईआर सुविधा जडान गर्नुपर्ने छ,’ उनले भने, ‘साथै यही चरणमा आईएमइआई इम्प्लान्टेसन प्रोग्राम पनि हामी सुरु गर्छौ। यस कार्यक्रम अन्तर्गत नक्कली आईएमइआई भएका मोबाइलमा नयाँ सक्कली आईएमइआई राख्ने काम हुनेछ। त्यस्ता मोबाइल प्रयोगकर्ताले केही रकम तिरेर सक्कली आईएमइआई राख्न सक्नेछन्। रकम कति हुन्छ भनेर हाल भन्न सकिदैँन तर थोरै रकममा आईएमइआई राख्न सकिन्छ।’

मोबाइल प्रयोगकर्ताले आईएमईआई नक्कली छ भनी म्यासेज प्राप्त गरिसकेपछि नयाँ आईएमइआई राख्ने प्रक्रिया सुरु गर्नु पर्नेछ। यदि म्यासेज पाएर पनि प्रयोगकर्ताले कुनै चासो नदिएमा, एक निश्चित समयपछि उक्त मोबाइल पूर्णरुपमा ब्लक गरिने प्राधिकरणले जनाएको छ।

वैशाख १ गतेदेखि नेपाल भित्रिने सबै मोबाइल फोनको आईएमइआई नम्बर भन्सार कार्यलय, प्राधिकरण र मोबाइल अपरेटर कम्पनीमा दर्ता गरिने र नेपालमा हाल प्रयोगमा रहेका मोबाइललाई निगरानीमा राखिने पनि प्राधिकरणले जनाएको छ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us