जापान । जापानको पूर्वोत्तर क्षेत्रमा मंगलवार भीषण आँधी आउँने चेतावनी जापान मौसम विभागले दिएको छ। विभागले देशका विभिन्न भागमा आँधीहुरी आउँनसक्ने पूर्वानुमान गरेको हो । प्रशान्त महासागरमा विगत केही दिनदेखि भैरहेको मौसम परिर्वतनका कारण आँधी आउँने सम्भावना बढेको बताइएको छ ।
त्यसबाट २१६ प्रतिघण्टा वेगको आँधी उत्पन्न भएको उल्लेख छ । सो आँधी अहिले १५ किलोमिटर प्रतिघण्टाको दरमा जापानको पूर्वोत्तर क्षेत्रतर्फ बढिरहेको जापानको मौसम विभागले जनाएको छ । यो सिजनको १० औं ठूलो आँधी सोमवारसम्ममा जापानको पूर्वोत्तर क्षेत्रमा आइपुग्ने र मंगलवारसम्म प्रमुख आइल्यण्डमा आइपुग्ने अनुमान गरिएको छ ।
उक्त आँधी शक्तिशाली हुने भएकोले सचेत रहन सर्वसाधारणलाई विभागले अपील गरेको छ । गत महिना आएको तीन वटा शक्तिशाली आँधी भन्दा यसपटकको आँधी अझ भीषण हुने चेतावनी पनि दिइएको छ ।