Tuesday, 23 August 2016

भारत भ्रमणबाट फर्केपछि गृह मन्त्री निधिले भने, सम्बन्ध सुधारेर आएँ

काठमाडौं । पाँच दिने भारत भ्रमण सकेर मंगलबार नेपाल फर्किएका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले नेपाल र भारतको सम्बन्ध सुध्रिएको दाबी गरेका छन् । त्रिभुवन विमानस्थलमा पत्रकारसंगको संक्षिप्त कुराकानीमा उनले बीचबीचमा गढबढ भएको नेपाल भारत सम्बन्ध सुध्रिएको बताएका हुन् । साथै मन्त्रि निधिले आफ्नो भारत भ्रमण सफल भएको बताएका छन् ।

मेरो भ्रमणलाई भारतले उच्च सम्मान दिएको छ । यो भ्रमणले भारतसँगको सम्बन्ध सुध्रिएको छ , बीचबीचमा देखिएका सबै गढबढीलाई अन्य गरिदिएको छु, निधिले भने । उनले यस अघिका सरकारका पालामा भएका तिक्तता बिर्संदै नयाँ रूपमा सम्बन्ध अघि बढाउन चाहेको पनि बताए । साथै उनले संविधानमा असन्तुष्ट मधेस केन्द्रित दलका माग सम्बोधन गर्न संविधान संशोधन प्रक्रिया अघि बढाइने कुरा पनि भारतीय नेतृत्वलाई अवगत गराएको बताएका छन् ।  

निधिले भारतीय उच्च नेतृत्वलाई भेटेर प्रधानमन्त्री दाहालको भदौ ३० देखिको प्रस्तावित भारत भ्रमण, भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणलगायतका विषयमा छलफल गरेका थिए । भारतले मधेस केन्द्रित दलहरूका माग सम्बोधन गरिए नेपालको संविधान कार्यान्वयनमा भारतले सहयोग गर्नसक्ने बताएका थिए । 

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतका रूपमा बिहीबार भारत भ्रमणमा गएका मन्त्री निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सिंह, सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाह, कंग्रेस आईका नेता एवं भारतीय पूर्वप्रधानमन्त्री डा। मनमोहन सिंह र भारतीय जनता पार्टीका महासचिव राम माधवसँग भेटवार्ता गरेका थिए । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us