Sunday, 21 August 2016

उपचारका लागि अस्पताल हिडेकी बुहारी होटलमा केटासँग आपत्तीजनक अवस्थामा पक्राउ, मलेसियामा रहेका श्रीमान तनावमा

झापा । उपचारका लागि झापाबाट विर्तामोड गएकी एक बुहारीलाई जिल्ला प्रहरी कार्यालय झापाले अपरिचत केटासँग होटलमा रासलिला मच्चाउँदै गर्दा पक्राउ गरेको छ । उपचारका लागि अस्पताल गएकी बुहारीलाई परपुरुषसँग होटलमा आपत्तीजनक अवस्थामा प्रहरीले फेला पारेको सुनेपछि परिवार तनावमा परेको छ । 

घटना शुक्रबारको हो । साँझ जिल्ला प्रहरी कार्यालयले आकस्मिक छड्के अनुगमन गरि विर्तामोड क्षेत्रका होटल तथा लजमा छापा मारी २१ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक जना श्रीमान बैदेशिक रोजगारको क्रममा मलेसिया गएकाकी श्रीमती परेपछि परिवार बास्तविकता बुझ्न जिल्ला प्रहरी कार्यालय झापा पुग्दा यो रहस्य सार्वजनिक भएको हो । 

९ जना महिलासहित २१ जनालाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको र उनीहरुमाथि सार्वजनिक मुद्दा चलाइने प्रहरीले बताएको छ । २१ जना मध्ये एक जनालाई विभागीय कारवाहीको लागि अन्यत्र पठाएको, १ जोडिलाई विवाह गर्ने परिवारको शर्त र रोहवरमा जिम्मा लगाएको, एक महिला निर्दोष पाइएकाले छाडेको र बाँकी १७ जनामाथि कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले बताएको छ । 

विर्तामोड बसपार्कभित्रका होटल अर्किड, दोभान, मनिला, विर्तामोड पश्चिम बस स्टेण्डका सिक्कीम र नेवारी खाजा घरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले गरेको कामको होटल व्यावसायी संघ झापाले स्वागत गरेको छ । आफूहरु समेत यौन व्यावसायको विरोधमा उत्रिएको र प्रहरीले यस्ता गतिविधी रोक्न गरेको प्रयास स्वागत योग्य रहेको होटल संघले जनाएको छ ।

जिल्लामा यौन व्यवसाय टाउको दुखाईका रुपमा आगाडि आएको आरोप लागि रहेका बेला प्रहरीले अनैतिक यौन क्रियाकलाप गर्ने र गराउन उक्साउने व्यक्ति तथा होटलहरुका बारेमा कारबाही अगाडि बढाएसँगै यी यौन जोडीहरु प्रहरी खोरमा पुगेका हुन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us