Saturday, 20 August 2016

भूकम्प पिडितलाई राहत आएको चामल बिक्रीमा, उपभोक्ताले खरिद गरेनन्

काठमाडौं । बंगलादेश सरकारले गतवर्षको भूकम्पपीडितका लागि राहतस्वरुप पठाएको चामल बझाङमा बिक्रीका लागि राखिएको छ ।
खाद्य संस्थानमार्फत बझाङ पठाएको बंगलादेशी उसिना चामल बझाङको सीमाखेत खाद्य संस्थानको गोदाममा बिक्रीका लागि राखिएको फेला परेको  छ ।
अरुवा मोटो चामल बेच्दै आएको खाद्य संस्थानले बंगालादेशी उसिना चामल पठाएपछि उक्त चामल खान उपुक्त नभएको भन्दै उपभोक्ताले खरिद गरेका छैनन् ।
क्षेत्रीइ खाद्य संस्थान धनगढी असारमा पठाएको ती सय १० क्विनटल बंगलादेशी चामलमध्ये अहिलेसम्म २० /२५ किलोभन्दा बढी बिक्री नभएको खाद्य संस्थान सीमखेतका प्रमुख ईश्वरीदत्त पाण्डेले जानकारी दिए ।
चामल कसैले नकिनेपछि कुहिने अवस्थामा पुगेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us