Sunday, 14 August 2016

बर्दियामा सेफ्टीट्यांकी सफा गर्दा दुई जनाको मृत्यु

 बर्दिया । बर्दियामा ट्वाइलेटको सेफ्टी ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । बर्दिया धधवार गाविस ८ विजयनगरका ४१ वर्षीय गणेश थारु र सोही गाविसका ३९ वषिर्य चुकेन्दर थारुको मृत्यु भएको हो ।

सदरमुकाम गुलरिया नगरपालिका(८ स्थित विष्णु सुनारको घर पछाडि रहेको ट्वाइलेटको सेफ्टी ट्यांकी निर्माण गरी सेटिङका सामान निकाल्दा उनीहरु बेहोस भएका थिए ।

बेहोस भएकाहरुको जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

उनीहरु बेहोस भएको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहराको कमाण्डमा प्रहरी टोली उद्धारमा खटिएको थियो । उद्धार टोलीले तत्काल अस्पताल पुर्‍याएको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us