Tuesday, 30 August 2016

फेसबुकले फसायो : क्यानडाको पिआरवाला ठानेर विहे गरेको 'ड्राइभर' पर्यो !

काठमाडौं । नेपालीहरुमा फेसबुकको नशा बेजोडले बढेको छ । सहरमा मात्र होइन, गाउँ गाउँसम्म फेसबुक अकाउन्ट खोल्ने लहर चलेको छ । यही फेसबुकको माध्यमले कतिपयले चिनजान गरेर बिहे गरेका छन् । फेसबुकले नै देशविदेशमा रहेका आफन्त नजिक भएका छन् । यही फेसबुकले कतिपयको जिन्दगी भने बर्बाद समेत हुने गरेको छ । फेसबुकमार्फत् चिनजान भएकी एक युवकसँग बिहे गर्दा गत महिना झापाकी एक युवती बर्बाद भइन् । क्यानडाको पीआरधारी करोडपति ठानेर बिहे गर्दा बस ड्राइभरको फन्दामा परेकी थिइन् । चितवनका महेश पराजुलीले सम्पत्ति खानका लागि त्यस्तो नाटक गरेका थिए । झापाकी युवतीलाई फसाउनुअघि नै अन्य ६ जना युवतीलाई उनले आफू क्यानडाको पीआरवाला भएको भ्रममा पारी बिहे गर्दै पैसा लुट्दै आएका थिए ।

 पराजुलीले झुक्याएर बिहे गरेको भन्दै झापा प्रहरीले पक्राउ गरी उनलाई बलात्कार मुद्दा चलाएपनि उनी अहिले जेल चलान भएका छन् । त्यस्तै घटना बारम्बार भइरहेका छन् । फेसबुकबाट चिनजानकै भरमा धेरैको जिन्दगी बर्बाद भइरहेको छ ।



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us