Friday, 26 August 2016

भारतको सिमलामा एकै परिवारका पाँच नेपालीको मृत्यु

काठमाडौं । भारतको सिमलामा एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।
भारतको हिमाञ्चलमा प्रदेशमा आएको बाढी । घटना गत आइतबार रातिको हो । तर, प्रहरीले शुक्रबारमात्रै घटनाबारे जानकारी दिएको हो ।

हिमाञ्चल प्रदेशमा पर्ने सिमलाको बन्द्राली गाउँमा घनघोर पानी परेको र पहिरोमा पुरिएर एकै परिवारका पाँच नेपालीको मृत्यु भएको इण्डो एसियन न्यूज सर्भिसले जनाएको छ ।

मृत्यु हुनेमा नेपाली नागरिक लछिराम, उनकी श्रीमती र तीन जन बच्चा रहेको समाचारमा उल्लेख छ । तर, उनीहरुको नेपालको ठेगाना भने उल्लेख छैन ।

लछिराम परिवारका सदस्यसहित अस्थायी टहरोमा त्यहाँ बस्दथे र स्याउको बगैंचामा काम गर्दथे ।

अविरल वर्षा र पहिरोले स्याउ बगैंचा ध्वस्त भएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us