Sunday, 21 August 2016

रियो ओलम्पिक प्रकरण :यौन सम्पर्कमा लिप्त हुदा पदक नै गुम्यो

काठमाडौं । प्रतिखेलाडी ५० वटा कण्डम वितरण गरिएको रियो ओलम्पिकका क्रममा घटेका यौनजन्य घटनाहरूको फेहरिस्त आउन बाँकी नै छ । यस्ता घटना सार्वजनिक हुने क्रममा बाजी मारेको छ– ब्राजिलको १० मिटर सिन्क्रोनाइज्ड स्वीमिङमा सहभागी जोडीले । समाचारअनुसार २० वर्षीया इन्ग्रिड ओलिवेरियामाथि उनकी जोडी १७ वर्षीया गिवोना पेड्रोसाले प्रतियोगिताको अघिल्लो रात यौन सम्पर्कमा लिप्त भएका कारण ब्राजिलले पदक गमाउनु परेको आरोप लगाएकी छिन् । 

उक्त आरोप सँगसँगै पेड्रोसाले अब उप्रान्त ओलिवेरियासँग जोडी नबाँध्ने घोषणा गर्दै एकल प्रतिस्पर्धामा ध्यान दिने जनाएकी छिन् । उक्त प्रतिस्पर्धामा गत वर्ष सम्पन्न पान आम गेम्समा रजत पदक जितेको यो जोडी रियो ओलम्पिकमा अन्तिम स्थानमा रहेको थियो । अन्तिम स्थानमा आएपछि पेड्रोसाले ओलिवेरियामाथि उक्त आरोप लगाएकी हुन् । घटनाक्रमअनुसार ओलिवेरियाले प्रतिस्पर्धाको अघिल्लो रात ब्राजिलका क्यानोइङ खेलाडी पेड्रो गानक्लेब्ससँग लगातार ४ घण्टा यौन सम्पर्क राखेकी थिइन् ।

उक्त घटनालाई त्यहाँको मिडियाले म्याराथन अफ सेक्स भनेर सार्वजनिक गरेको थियो । प्रतिस्पर्धामा ब्राजिल अन्तिम स्थानमा आएपछि आफूमाथि लागेको आरोपको प्रतिवाद गर्दै ओलिवेरियाले भनेकी छिन्– उक्त घटना मेरो व्यक्तिगत कुरा हो, प्रतिस्पर्धामा पराजित भएपछि मात्र उक्त घटना सार्वजनिक हुनुले मेरो व्यक्तिगत जीवनमा हस्तक्षेप भएको छ, कसैको व्यक्तिगत जीवनमा हस्तक्षेप किन ?



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us