Tuesday, 23 August 2016

दुध पिउँदाका फाइदा : स्वास्थ्यदेखि सौन्दर्यसम्म

काठमाडौं । गाइभैँसीको दुध पोषिलो हुन्छ । गाउँघरतिर गाइ भैँसीको दुध बिहान बेलुकाको खानासँगै खाने गरिन्छ । तर, सहरतिर भने खानासँगै दुध खाने कमै भेटिन्छन् ।

धेरैजसो आर्थिक हैसियत कमजोर भएका कारण दिनहुँ दुध किनेर खादैनन भने कतिपय चाही चिया वा कफीका लागि मात्रै दुध किन्छन् ।

तर, नियमित रुपमा दुध पिउँदा स्वास्थ्यलाई निकै फाइदा पुग्ने चिकित्सकहरुले बताएका छन् । तर, विहान भन्दा बेलुका दुध पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दुधमा पोषक तत्व पर्याप्त मात्रामा पाइने भएकाले यो मानव स्वास्थ्यका फाइदाजनक छ ।

यस्ता छन नियमित दुध पिउँदाका फाइदा

नियमित रुपमा दुध पिउनाले शरीरको छालामा चमक आउँछ । छाला चाउरी पर्ने, कडा हुने जस्ता समस्या समेत कम हुन्छन् । दुधले अनुहार धुनाले अनुहारको छाला गोरो र चम्किलो हुने सौन्दर्य विज्ञहरु बताउँछन् ।

दुधमा भिटामिन, चिल्लो पदार्थ लगायतका पोषक तत्व हुन्छन् । नियमित दुध पिउँदा मानव शरीरका हड्डी तथा दाँत मजबुत हुन्छन् । नियमित कडा व्यायाम गर्ने वा जिमखाना धाउनेहरुका लागि दिनको दुइ गिलास दुध पिउनु निकै लाभदायक हुन्छ । यसले व्यायाममा गुमेको उर्जा पुनःभरण गरिदिन्छ र मांशपेशीलाई बलियो बनाउन सहयोग गर्छ ।

एक अध्ययनले नियमित रुपमा दुध पिउने मानिसहरु वजन नियन्त्रणमा सफल हुने देखाएको छ । आफ्नो भोजनमा नियमित रुपमा दुध सामेल गर्नेहरु आफ्नो तौल सन्तुलनमा राख्न बताइन्छ । दुधले शरीरमा उर्जाको आपूर्ति सहजै गर्ने भएकाले मानिसलाई बढि खानाको आवश्यकता पर्दैन जसका कारण उसको वजन बढ्ने डर हुँदैन ।

दुधलाई तनाव निवारक तत्वका रुपमा पनि लिइन्छ । निकै तनावले सताएको अवस्थामा एक गिलास मनतातो दुध पिउँदा केही राहत महसुस हुन्छ । दिमाग क्रमशः ठण्डा हुन्छ र शरीरमा स्फूर्ति बढ्छ ।

नियमित दूध पिउँदा आँखाको दृष्टि क्षमता मजबुत पार्नुका साथै कलेजोलाई पनि स्वस्थ राख्न मद्दत गर्छ ।

बेलुका दुध पिएर सुत्दा खाना पचाउन सहयोग गर्ने भएकाले कब्जियतका समस्या भएकाहरुलाई राहत मिल्छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us