Monday, 22 August 2016

ट्राफिक नियम उल्लंघन गर्नेलाई अब ५० हजार जरिवाना

काठमाडौं । केही समय अगाडि सवारी नियम उल्लंघन गर्ने सवारीमाथि हुने जरिवान बढाएर सरकारले ५ हजारसम्मको व्यवस्था गरेको थियो । जरिवाना रकम बढाएपछि सावरीले नियम पालना गर्ने क्रम बढेको भन्दै सरकारले पुनः जरिवाना रकम बढाउने तयारी गरेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई संशोधन गर्दै सवारीको कसुर हेरेर ५ हजार देखि ५० हजार रुपैयाँसम्मको जरिवाना गर्न सक्ने व्यवस्थाको गृहकार्य भईरहेको छ ।

ट्राफिक नियक उल्लंघनको कसुरलाई हेरेर कति नयाँ जरिवाना तोक्ने भन्ने विषयमा औपचारिक निर्णय नभईसकेको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताएका छन् ।

अन्तराष्ट्रिय अभ्यासलाई पछ्याउने कोशिस गरेको भन्दै श्रेष्ठले भने – ठूला र महत्वपूर्ण सवारी नियमहरु उल्लंघन गर्नेविरुद्ध लाईसेन्स निलम्बन तथा जेल सजायसम्म तोक्ने ऐनको मस्यौदा तयार हुँदैछ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us