Monday, 22 August 2016

फेसबुककै कारण श्रीमती एक बर्षको दुधे बालक छोडेर ‘पोइल’ हिँडेपछि .....

रौतहट । सामाजिक सञ्जाल फेसबुकले बिछोड भएको साथीभाई, इष्टमित्र, प्रेमी प्रेमिकालगायत धेरैलाई मिलन गराएको उदाहरणहरू प्रसस्तै भेटिन्छ । तर फेसबुककै कारण रौतहट चन्द्रपुर नगरपालिका–५ बेल्डीका २५ वर्षीय रामबाबु चौधरीको भने बिजोग भएको छ । घरबारै लथालिंग भएको छ ।

दुई वर्षअघि दाङ तुलसीपुरकी पूर्णिमा परियारसँग प्रेम बिवाह गरेका रामबाबुले बिजुलीको पसल गर्न भनी जम्मा पारेका चार लाख ३२ हजार रुपियाँ लिएर श्रीमती भागेपछि उहाँको बिजोग भएको हो ।

एक वर्षको छोरा समेत घरमै छोडेर श्रीमती चितवन भरतपुरको केटासँग भागेको दुखेसो पोख्दै उनले ‘पैसा त लगी लगी छोराको बिजोग बनाएर घरबारै लथालिंग पारेर गई’ । साउन ३२ गतेदेखि श्रीमती घरमा नभएको बताए ।

श्रीमती प्रायः फेसबुकमै तल्लिन हुने गरेको र गाली गर्दा उल्टै रिसाउने अनी अर्कै केटासँग भाग्ने धम्की समेत बारम्बार दिने गरेको पीडित रामबाबुले बताय । श्रीमतीले फेसबुकमा नाम परिवर्तन गरी शिल्पा बर्मा राखेको र आशिक शर्मा नाम गरेको केटासँग घण्टौंसम्म व्यस्त रहने गरेको उनको भनाई छ । फेसबुकअनुसार केटा होटलमा काम गर्ने व्यक्ति हुन् । गोरखापत्रमा खबर छ ।

इलेक्ट्रिसियनको तालिम लिएर सोही काममा लामो समयदेखि अनुभव बटुलेका रामबाबुको श्रीमती अर्कैसँग पोइल गएपछि बिजुली पसल खोल्ने सपना चकनाचुर भएको छ । परिवारका अन्य सदस्य आफुसँग नरहेकोले एक वर्षीय बालकको हेरचाह गर्ने समेत कोही नहुँदा उहाँ निकै पिरोलिएका छन् ।

उनले चितवनको भरतपुरमा श्रीमतीको निकै खोजतलास गरे । फेला नपरेपछि प्रहरीमा उजुरी समेत दिए । पैसा फिर्ता लिने उद्देश्यले केटाको मोबाइल नम्बर समेत लिएर खोजतलास गरिरहेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us