काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सभामुखको भूमिकामा प्रश्न खडा भएको बताउनु भएको छ । भत्तपुरमा आयोजित एक कार्यक्रममा बिजुक्छेंले आफ्नो पदिय दायित्व भन्दा पनि राजनीतिक दलको कार्यकर्ताको भुमिकामा देखा पर्दा सहि ब्यक्तिलाई सहि स्थान दिन नसक्नुको परिणाम सभामुखको कार्यसम्पादनले प्रष्टाएको बताउनु भएको हो ।
बिजुक्छेंले सार्क राष्ट्रभित्रका लागि जसरी संयुक्त बिद्युत सम्झौता गरिँदै छ यसको साँचो भारतमा रहने भएकाले नेपालका लागि हित नभएको भन्दै उहाँले अघिल्लो सरकारमा उर्जा मन्त्री टोपबहादुर रायमाझी हुँदा प्रस्ताब गर्नु र हाल माओबादीकै नेतृत्वको सरकारमा संसदमा बिधेयक प्रस्तुत गर्नुले पनि वर्तमान सरकारको भारतप्रतिको झुकाप प्रष्टाएको बताउनु भएको छ । उहाँले नेपालको हरेक निर्णयको चाबी भारतसँग भएको समेत बिस्तारै प्रष्टिँदै गएको उहाँले बताउनु भयो ।
दक्षिण एसिसामा जसरी संयुक्त सेनाको फौज बनाउने र त्यसको प्रमुख भारतकै सेनाको पदाधिकारी रहने तयारी भारतले गरिरहेको छ यसले अन्य देश स्वतन्त्र र सार्वभौम भन्ने शब्दमा मात्र सिमित रहने उहाँको टिप्पणी छ ।
प्रचण्डको नेतृत्वको सरकार गठनसँगै जसरी बिशेष दुतका रुपमा भारतमा बिमलेन्द्र निधिलाई पठाईयो यो गलत भएको भन्दै उहाँले कुस्ती खेल्न पठाउनु पर्ने ब्यक्तिलाई दुतको रुपमा पठाउनु प्रधानमन्त्रीको त्रुटि भएको उहाँको भनाई छ ।