Saturday, 27 August 2016

मलेसियामा नेपाली कामदारको हडताल

क्वालालम्पुर ।  न्युनतम तवल वृद्धिको माग गर्दै नेपाली श्रमिक हडतालमा उत्रिएपछि मलेसियाको निलाइमा कार्यरत नेपाली बस्ने होस्टलमा कम्पनीले पानी र बिजुली सेवा बन्द गराएको छ । नेगेरी सेम्विलान राज्यमा रहेको एवान ग्लोभ कम्पनीमा कार्र्यरत नेपाली श्रमिकले मलेसिया सरकारले तोकेको न्युनतम तलब उपलब्ध गराउनु पर्ने माग गर्दै आन्दोलन गरेका हुन् । 

नेपाली श्रमिक हडतालमा उत्रिएपछि कम्पनीको कामसमेत प्रभावित बनेको छ ।दुई सय ३० नेपाली ,पाकिस्तानी र बंगलादेशी गरी पाँच सय तीन श्रमिक हडतालमा उत्रिएका छन् । उनीहरूको होस्टलको बिजुली र पानी बन्द भएपछि घर फर्किन पाउनु पर्ने मागसमेत नेपाली श्रमिकले राखेका छन् ।

न्युनतम तलब बढ्नु पर्ने, आइतबार र बिदाका दिन ओभरटाइमको मूल्य दोब्बर हुनु पर्ने, आइतबार अनिवार्य छुटि हुनु पर्ने, बिजुली पानी र अन्य नाममा काटिने एक सय ३५ रिंगेट रकम काटन नपाइने लगायतका माग श्रमिकका छन् । आन्दोलनमा उत्रिएका स्याङ्जाका आवास थापाका अनुसार कम्पनीले माग पूरा नगरेसम्म हडताल जारी रहनेछ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us