Friday, 19 August 2016

नेवानिले सुरु गर्‍यो दुवइको सिधा उडान, ४० केजी लगेज निःशुल्क

युएई - राष्ट्रिय ध्वजाबाहक  नेपाल वायु सेवा निगम (नेवानि)को जहाज चार वर्षपछि फेरि दुबइ अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। नेवानिको जहाज काठमाडौं–दुबई–काठमाडौं रुटमा सिधा उडान गर्दै बिहीबार बिहान १:३० बजे दुबई आइपुगेको हो।

एयरबस ए ३२० जहाजबाट निगमले दुवई—काठमाडौं रुटमा सिधा उडान थालेको हो। दुबई–काठमाडौं रुटमा पहिलो यात्रा गर्नेहरुलाई खादा लगाएर मायाको चिनो प्रदान गरिएको छ। दुबईबाट काठमाडौंका लागि ४:१० मा उडान गर्नुअघि यात्रुहरुलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो।

विगतमा केही अप्ठ्याराहरुका कारण निगमले दुबइ रुटमा सेवा पुर्‍याउन नसकेको अपरेसन विभाग निर्देशक क्याप्टेन सुवाष रिजालले बताए। 'निमग अब फैलिँदै गएको छ। हामी युएइ सहित धेरै देशहरुमा पुग्दैछौं। युएइ आएर नेपालीको सेवा गर्न पाउनु हाम्रा लागि गर्वको विषय हो।'

निगमले इकोनोमी क्लासको टिकेटमा ४० केजी लगेज निःशुल्क दिने जनाएको छ। 'युएइ रुटबाट काठमाडौं जाने यात्रुहरुका लागि इकोनोमी क्लासमा ४० केजी र बिजनेस क्लासमा ४५ केजी लगेज निःशुल्क दिने व्यवस्था गरेका छौं', निगमका कन्ट्री म्यानेजेर रमेश पौडेलले भने, 'हाम्रा प्रत्येक उडान समयमै हुनेछन्। निगमको जहाज ढिलो उड्छ भन्ने पुरानो मान्यता तोड्न हामी सधैँ तल्लिन छौं।'निगमले इकोनोमी क्लासको टिकेटमा ४० केजी लगेज निःशुल्क दिने जनाएको छ। 'युएइ रुटबाट काठमाडौं जाने यात्रुहरुका लागि इकोनोमी क्लासमा ४० केजी र बिजनेस क्लासमा ४५ केजी लगेज निःशुल्क दिने व्यवस्था गरेका छौं', निगमका कन्ट्री म्यानेजेर रमेश पौडेलले भने, 'हाम्रा प्रत्येक उडान समयमै हुनेछन्। निगमको जहाज ढिलो उड्छ भन्ने पुरानो मान्यता तोड्न हामी सधैँ तल्लिन छौं।'

पौडेलकाअनुसार अगस्ट महिनाको लागि युएई–काठमाडौं एकतर्फी भाडादर १२ हजार ९४३ रुपैयाँ (४४४ युएइ दिराम) र दुईतर्फी भाडादर २९ हजार १२१ रुपैयाँ (९९९ युएइ दिराम) तोकिएको छ। यो भाडादार दुबइ रुटमा उडान गर्ने बजेट एयरलाइन्सहरुको भन्दा सस्तो हो।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us