Friday, 19 August 2016

बडी बिल्डरसँग रामकृष्ण ढकालको श्रीमतीको रोमान्स

काठमाडौं । गायक रामकृष्ण ढकालले यसपटक एउटा अनौठो कार्य गरे । यसअघि आफ्ना अधिकांश म्युजिक भिडियोमा आफैं मोडल बन्ने गायक ढकालले यसपटक व्यवसायिक मोडल मञ्चिन शाक्यलाई आफ्नो महत्त्वाकांक्षी गीत ‘तिमी आएनौ ’ को भिडियो मोडल बनाए । मञ्चिनलाई मोडलका रूपमा छनोट गर्नु त ठीकै हो, बडी बिल्डर मोडलसँग रामकृष्णले आफ्नै अर्धाङ्गिनी नीलम ढकाललाई अनस्क्रिन रोमान्स गराए ।

आखिर किन ढकालले यस्तो निर्णय गरे त ? हालै उक्त भिडियो सार्वजनिक गर्ने समारोहमा एक सञ्चारकर्मीले उक्त भिडियो छायांकन भैरहेका बेला ढकाल के गर्दै थिए ? भन्ने जिज्ञासा राखे । ढकालले ठट्यौली पारामा जवाफ दिए— ‘म मोडलहरूले गरेको अभिनयलाई क्यामेरामा कैद गरिरहेको थिएँ ।’

निकेश खड्काद्वारा निर्देशित उक्त भिडियोले कम समयमै दर्शकहरूको मन जितिसकेको छ । 



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us