कालो हरीण हत्याको केशबाट सलमानले सोमबार ठुलै राहतको महशुस गर्न पाएका छन ।भारतको राजस्थानको हाइकोर्टले सलमान खानलाई १८ बर्ष पुरानो केश बाट छुटकारा दिएको छ ।
हाइकोर्टले हरीण शिकार केशको सम्बन्धमा दुइ अलग अलग स्थानको हरीणको केशको निर्णय सुनाएको थियो दुबै निर्णय सलमानको पक्षमा भएका छन ।स्थानिय अदालतले पाँच बर्षको सजायको निर्णय गरेपछि उक्त निर्णय बिरुद्ध सलमानले हाइकोर्टमा मुद्धा दर्ता गराएका थिए ।
हाइकोर्टमा मे को अन्तीम साता सम्ममा बहसको प्रकृया सकीएको भएपनि न्यायाधिसले निर्णय सुनाएका थिएनन।स्थानिय अदालतले करीब पाँच बर्षको सजाय सुनाए पछि बलिउड स्टार सलमान तनाबमा रहेका थिए ।