Monday, 18 July 2016

माओवादीको आक्रमणबाट फेरी १० प्रहरी मारिए

 काठमाडौं । भारतको बिहारको औरंगावादमा भारतीय माओवादी  विद्रोहीहरुसँगको भिडन्तमा १० प्रहरीको मृत्यु भएको छ  । अन्य पाँच जना घाईते भएका छन् ।

औरंगावादको जंगलमा सर्च अपरेसन गर्न पुगेको केन्द्रिय रिजर्ब पुलिस फोसंको कोरबरा बटालियन माथि बारुदी सुरुङ विष्फोट गराएर आश्रमण गरेका हुन् । कोबरा बटालियन बिहारमा भारतीय माओवादी विरुद्धको अभियानमा परिचालित छ । गायासँग सीमा जोडिएको चकरबन्दा डुमरिनादा जंगलमा सामोबार दिउँसोदेखि सुरु भएको दोहोरो भिडन्त राती अवेर सम्म पनि जारी थियो ।

भिडन्तमा आठ जना प्रहरीहरुको घटनास्थलमै र दुई जानको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । जवाफी कारबाहीमा तीन जना विद्रोहीहरु पनि मारिएका छन् ।

भारतको केन्द्रिय रिजर्ब पुलिस फोर्सले जंगलमा विशेष युद्ध अभियान चलाउनकै लागि कोबरा फोर्स गठन गरेको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us