Friday, 8 July 2016

ट्राफिक जाममा फसे लाखौं मानिस, पानीको कमी र थकानले १२ को मृत्यु

काठमाडौं । इन्डोनेशियामा केहिदिन देखि ट्राफिक जाममा फसेका १२ जनाको मृत्यु भएको छ ।  पानीको कमी तथा थकानका कारण उनीहरुको मृत्यु भएको जनाइएको छ ।

जावा द्वीपमा रमजान महिनाको अन्त्यमा छुट्टी मनाउन निस्किएका मानिसको संख्या धेरै भएका कारण एउटै ट्राफिक सिग्नलमा सावरी साधनको जाममा लाखौं मानिस फसेका हुन् ।

इन्डोनेशिया ट्राफिक विभागका अधिकारीका अनुसार तीन दिनमा जाममा फसेका १२ को मृत्यु भएको हो ।
इन्डोनेशियाका सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेमा बृद्धबृद्धाको संख्या बढी छ, जसको सवारी साधन जाममा फस्दा तातेको थियो । जबकी एक बच्चीको मृत्यु सवारीसाधनबाट निक्लिएको विषाक्त ग्यासका कारण भएको जनाइएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us