Thursday, 7 July 2016

मान्छे चिन्न र हात चलाउन थाले शंशाकले

काठमाडौं । उपचारका लागि ओम अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको भेन्टिलेटर केहीबेर अघि झिकिएको छ।
शशांकका भतिजा सिद्धार्थ  कोइरालाका अनुसार अहिले केही बेर अघि डाक्टरहरूले उनी खतरामुक्त भएको पनि बताएका छन्।
उनले अहिले अक्सिजन लिन, मान्छे चिन्न र हात चलाउने गर्न थालेक छन् । शशांकलाई भेन्टिलेटरबाट निकालेपछि अस्पताल परिसरमा रहेका कांग्रेसका नेता, कार्यकर्ता र  र  उनका शुभेक्ष्कहरुको अनुहारमा केही खुसी छाएको छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us