Friday, 8 July 2016

सरकारलाई जीतुको प्रश्न–‘लाखमाथि घुस लिने किन रंगेहात पक्राउ पर्दैनन् ?

सामाजिक संजालमा कलाकारहरुले देशको अवस्थाबारे विभिन्न खालका भनाई सार्वजनिक गर्ने गरेका छन् । देशमा देखिएको विकृती, विसंगतीमा कलाकारले आफ्नो भनाई राख्ने गतिलो ठाउँ भएको छ, सामाजिक संजाल ।

यीनै कलाकारको भीडमा पर्छन्, हाँस्य अभिनेता जीतु नेपाल । उनले सामाजिक संजालमा भ्रष्टचार र घुसको बिषयमा लेखेको एउटा स्टाटसमा अहिले धेरैले प्रतिक्रिया दिइरहेका छन् ।

जीतुले लेखेका छन् (‘एक लाख घुस लिदा लिदै पक्राउ । पचाँसहजार लिदा लिदै पक्राउ । के घुस यत्तीमात्रै होत हाम्रो देशमा रु यदि यत्ती मात्रै हो भने त संसारकै कम भ्रष्टाचार हुने देशमा पथ्र्यो होला हाम्रो देश ।’

उनले लाखलाई समातेर करोडौवालाई सर्तक हुने संकेत त होइन भनेर आशंका पनि व्यक्त गरेका छन् । उनले लाख भन्दा माथि घुस लिनेहरु किन पक्राउ पर्दैनन् भनेर प्रश्न गरेका छन्  ।  उनले सायद चेकमा कारोबार भएर हो कि भनेर प्रश्न पनि सोझाएका छन्  ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us