Sunday, 10 July 2016

नक्कली फेसबुकमा अश्लिल फोटाहरु पोस्ट गर्ने युवती पक्राउ

काठमाडौं ।  अर्काको नामको फेसबुक बनाई अश्लिल फोटोहरु पोस्ट गर्ने युवती पक्राउ परेकी छिन् । सामाजिक संजाल मार्फत चरित्र हत्या गरेको निवेदनका आधारमा प्रहरीले २७ वर्षीया गंगा चन्द ठकुरीलाई  पक्राउ गरेको जनाएको छ ।

सुर्खेत भेरीगंगा नगरपालिका वडा नं १४ की गंगा चन्द ठकुरीलाई प्रहरीले अरुको नामको फेसबुक बनाई अश्लिल सामाग्री राखेको र उनका आफन्त तथा साथीभाईहरुलाई समेत ट्याग गरेको भन्दै पक्राउ गरेको हो ।

ठकुरीलाई विद्युतीय कारोवार सम्बन्धी मुद्दामा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us