Wednesday, 20 July 2016

यसरी चलेको छ नेपाल खाडी मुलुकबाट मात्रै ७१ प्रतिशत रेमिट्यास, क्यान्डा, अमेरिका र अष्ट्रेलियाको सबैभन्दा कम

 काठमाडौं । मुलुक भित्रिने रेमिट्यान्समध्ये बर्षनि करिब ७१ प्रतिशत खाडी मुलुकबाट आउने गरेको छ । यो रकम करिब ४ खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ हुन्छ । खाडी राष्ट्रहरुमध्ये पनि साउदी अरब, कतार, कुबेत, युनाइटेड अरब इमिरेट्स र बहराइनबाट मात्र त्यति रकम आउने गरेको हो । 

विश्व बैंकको तथ्यांक अनुुसार नेपालको कुल रेमिट्यान्समा सबैभन्दा धेरै ९करिब २९ प्रतिशत० कतारबाट आउँछ । साउदी अरबबाट २६ दशमलव ५६ प्रतिशत, युनाइटेड अरब इमिरेट्स ९युएई० बाट साढे ११ प्रतिशत, कुबेवबाट ३ दशमलव ८४ प्रतिशत र बहराइनबाट ० दशमलव ०३ प्रतिशत रेमिट्यान्स भित्रिँदै आएको छ । यो तथ्यांक सन् २०१५ मा भएको आप्रवाहका आधारमा विश्व बैंकले तयार पारेको हो । उक्त वर्ष करिब ६ खर्ब ५७ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

तुलनात्मक रुपमा ती राष्ट्रहरुमा कामदारका रुपमा गएका नेपालीको संख्या धेरै छ । यसैले कुल रेमिट्यान्सको अधिकांश हिस्सा खाडी मुलुकबाट आउने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत जेठसम्ममा ५ खर्ब ९८ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो साढे ८ प्रतिशतको बृद्धि हो । अर्थतन्त्रका हिसाबले ठूला र धेरै कमाइ हुने भनिएका राष्ट्र ९अमेरिका, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, क्यानाडा आदि० हरुको योगदान रेमिट्यान्समा कममात्र रहँदै आएको राष्ट्र बैकंले जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us