Saturday, 30 July 2016

सत्ताको खेलमा यसरी लाग्दैछन् मधेशी मोर्चा , मोर्चाको मागबारे सहमति खोज्न कार्यदल गठन

काठमाडौं । मधेसी मोर्चाको मागबारे सहमति खोज्न तीन दलका नेताहरु संलग्न ९ सदस्यीय कार्यदल गठन गरिने भएको छ ।
नयाँ सरकार गठनको तयारीमा रहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले शनिबार मधेसी मोर्चासँग छलफल गरेको थियो । सिंहदरबारमा बसेको कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकमा ९ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको हो ।
कार्यदलमा कांग्रेस, माओवादी र मधेसी मोर्चाबाट ३/३ सदस्य रहने छन् ।
मधेसी मोर्चाले आफ्ना मागबारे प्रष्ट सहमति भएमा मात्र प्रधानमन्त्री चुनावमा मत दिने बताएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने सरकारमा जाने नजानेबारे प्रश्नै नउठेको बताए ।
नेताहरुका अनुसार कार्यदलले सरकार गठन भन्दा अघि गरिने संयुक्त सहमतिका विषयवस्तुको मस्यौदा तयार पार्नेछ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us