Friday, 15 July 2016

कोरियामा नेपाली कामदारको न्यूनतम तलब १ लाख ३० हजार रुपैयाँ

काठमाडौं । रोजगार अमुनति प्रणाली ९इपीएस० बाट मजदुरी गर्न दक्षिण कोरिया आएका नेपाली कामदारको न्यूनतम तलब  १ लाख ३० हजार रुपैयाँ हुने भएको छ । कोरियाको ज्याला  निर्धारण समितिको १४ औं बैठकले शनिबार बिहान ३।३० बजे  ७।३ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेसँगै नेपाली कामदारको न्यूनत्तम तलबमा वृद्धि भएको हो ।

सन् २०१७ देखि लागू हुने नयाँ तलबमान अनुसार मजदूरले प्रतिघण्टा ६ हजार ४ सय ७० वन ९करिब ६ सय रुपैयाँ० पाउने भएका छन् । हाल प्रतिघण्टा ६ हजार ३० वन पाउँदै आएका छन् ।

तलब बृद्धिसँगै उद्योगको प्रकृति अनुसार महिनामा २०९ घण्टा काम गर्ने नेपाली कामदारले न्युनतम  १३ लाख ५२ हजार २ सय ३० वन ९करिब १ लाख ३० हजार रुपैयाँ० पाउने भएका छन् ।

शुक्रबार  साँझ ५ बजेदेखि ज्याला निर्धारण समितिको  कार्यालय सेजोङ सीमा भएको बैठक राति अबेरसम्म पनि  समझदारी नभए पछि मतदान भएको थियो । समितिमा मजदूर , रोजगारदाता र सरकारी प्रतिनीधि ९र९ गरि २७ जना रहने व्यवस्था छ ।

मतदानमा  सरकारी  र रोजगारदाता प्रतिनिधि  १६ जना मात्र  सहभागी भएका थिए । १६ मध्ये १४ जनाले ७।३ प्रतिशत बढाउनुपर्छ भन्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए भने १ जना तटस्थ र १ जनाले बहिस्कार गरेका थिए । मजदुर प्रतिनिधिहरुले भने प्रतिघण्टा १० हजार वन हुनुपर्ने माग राख्दै  मतदान बहिस्कार गरेका थिए ।

बहुमतले प्रस्तावको पक्षमा मतदान गरेपछि  समितिका अध्यक्ष पार्क जुन सङले २०१७ का लागि मजदूरको तलब  ७।३ प्रतिशतले बृद्धि भएको घोषणा गरेका थिए ।

आज पारित भएको प्रस्तावका लागि  २० दिनसम्म उजुरी म्याद  राखिएको छ । यो अवधिमा कुनै पक्षबाट उजुरी नआए श्रम तथा रोजगार मन्त्रीले अगस्त ५ मा मन्त्रिपरिषद पेश गर्ने छन् । मन्त्रिपरिषदले पारित गरे पछि निर्णय २०१७ को जनवरीबाट लागु हुने प्रावधान छ ।

मजदूर संगठन केसिटियु र एमटियुले सरकारी र रोजगारदाता प्रतिनिधिले मात्र निर्धारण गरेको पारिश्रमिक  अमान्य हुने बताउँदै विरोध गरेका छन् । उनीहरुले पत्रकार सम्मेलन गर्दै बढ्दो महँगीले अहिलेको तलब स्केलले दैनिक जीवन यापन गर्न गाह्रो हुने बताए । मजदुरहरुको अवस्थालाई अध्ययन नै नगरी दुई पक्षले गरेको निर्णय आफूहरुलाई मान्य नहुने बताए । प्रतिघण्टा १० हजार वन नभएसम्म आन्दोलन जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।

कोरियामा मजदुरको तलब धेरथोर हरेक वर्ष वृद्धि हुँदै अएको छ । यस अघि २०१० मा २.७५, २०११ मा ५.१, २०१२ मा ६,२०१३ मा ६.१, २०१४ मा ७.२ २०१५ मा ७.१ र २०१६ मा ८.१ प्रतिशत बृद्धि भएको थियो ।

कोरियामा २ करोड स्वदेशी मजदुर छन् । यी मध्ये ५० लाख भन्दा बढी न्यूनत्तम आय भएका मजदुर छन् । तलब बृद्धिले न्यनतम आय भएका स्वदेशी र  १० लाख बिदेशी मजदुरलाई प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ ।



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us