Saturday, 16 July 2016

युवतीले मन्त्रीमाथि नजर डुलाएपछि ......


काठमाडौं ।  प्रधानमन्त्री कार्यालयभित्रै मोनिका लेविन्स्कीको खोजी र ओली सरकारका एकजना मन्त्रीलाई बिल क्लिन्टन बनाउने एउटा ठूलो घटनाबाट सबभन्दा हट्टाकट्टा मन्त्री जोगिएका छन् ।

गुटले काँक्रोझै चिरिएको एमालेभित्र एउटै गुटभित्र पनि एकले अर्कोलाई सिध्याउने कतिसम्मको हत्कण्डा रच्छन् भन्ने कुरा यो घटनाको दोषी पत्ता लाग्दासम्म छर्लङ्ग भएको छ । प्रधानमन्त्री कार्यालयमा स्वीकय अधिकृतको नियुक्ति पाएकी एकजना महिलालाइ प्रयोग गरेर अविवाहित सञ्चारमन्त्री शेरधन राइलाई सिध्याउने योजनामा प्रधानमन्त्रीले नै हस्तक्षेप गरेपछि दोषी पत्ता लागेको छ, खेलो पनि विग्रिएको छ । प्रतिमा ९नाम परिवर्तन० युवा संघसँग सम्बन्धित थिइन् ।

इमान्दार अनावश्यक तडकभडकमा कतै नदेखिएकी ती युवतीको माग थियो, शेरधनले आफूलाई विवाह गर्नुपर्ने । आफूलाई फरक हाउभाउका साथ मन्त्रीले अफर गरेको, तर सोझै विवाह प्रस्ताव राख्न नसकेको प्रतिमाको भनाइ छ । बीचमा दुश्मन लागेर आफूहरुको प्रेम छुटाएका, तर उनको नाम जोडिएर आफू हुनुसम्म बद्नाम भइसकेको कारण अब शेरधनसँगै विवाह गर्नुबाहेक अर्को उपाय नभएको युवतीको ठहर छ ।

उनले शेरधनलाई यही आशयको एसएमएस पनि लेखिन । तर शेरधन त्यतिबेला छाँगाबाट खसेझै भए जब चिन्दै नचिेनको मान्छेले आफूसँग यस्ता कुरा गर्दै लगातार म्यासेज लेख्छ । शेरधन आफै युवा संघका इञ्चार्ज पनि हुन् । सोधखोज गर्दै जाँदा पत्ता लाग्यो उनी फलानी हुन भन्ने कुरा ।

तर पार्टी र संगठनभित्र यस्ता कृयाकलापमा कहिले पनि नमुछिएकी महिलाले एकाएक यस्तो काम गर्दा कुरा सुन्नेहरुले चित खाए ।

र, शेरधनले प्रधानमन्त्रीसँग भने मलाई यस्तो समस्या पर्यो । पुलिस लगाएर हुन्छ कि के गरेर हुन्छ यो कुराको छिनोफनो लगाउनु पर्यो । उनले सबै एसएमएस प्रधानमन्त्रीलाई देखाए । प्रधानमन्त्रीले ती एसएमएसको एकप्रति हार्ड कपीमा मगाए ।

हिरो राजेश हमाललाई चितवनकी बालकुमारी अधिकारीले सात वर्षअघि पति दाबी गर्दे प्रहरीमा उजुरी दिएकै शैलीमा ती युवती शेरधनलाई पति दाबीगर्दै थिइन् । प्रधानमन्त्रीले नै चासो लिएपछि प्रहरीले गोप्य रुपमा अनुसन्धान गर्यो ।

ती युवतीसहित प्रधानमन्त्री कार्यालयमा कार्यरत सबै विज्ञ र स्वकीय सचिवहरुको मोबाइलको कल डिटेल्स लियो । युवतीको नम्बरबाट अन्तिममा दुई मोबाइलमा अत्याधिक सम्पर्क भेटियो । त्यसमध्ये एउटा नम्बर ओली गुटकै नेता, घर भोजपुर नै भएका पूर्वमन्त्रीको र अर्को प्रधानमन्त्रीकहाँ जनसम्पर्क विज्ञको काम गर्ने महिलाको ।

यसमध्ये प्रधानमन्त्रीकै स्वकीय अधिकृतमा कार्यरत व्यक्तिले त्यहीको जनसम्पर्क विज्ञसँग सम्पर्क गर्नु त स्वभाविक होला तर भोजपुरे पूर्वमन्त्रीसँगको कुराकानी स्वभाविक नदेखिने ठहर अनुसन्धानबाट भयो । एउटा कल डिटेल्समा ती युवतीले २२ सय ९८ सेकेन्ड,अर्थात ३८ मिनेट तीन सकेन्डसम्म लगातार कुरा गरेको प्रमाणित भएको छ ।

अनुसन्धानबाट खुलेका तथ्यसहित शेरधन फेरि प्रधानमन्त्रीकहाँ गए । प्रधानमन्त्री ती स्वकीय अधिकृतलाई असारको ५ गते आइतबारदेखि उनले बुझ्नुपर्ने तलब सबै बुझाएर सिंहदरबार र बालुवाटार छिर्न नपाउने गरी निकालिदिन जनसम्पर्क विज्ञलाइ निर्देशन दिए । यो घटनापछि शेरधनको मोबाइलमा म्यासेज जाने क्रम बन्द भएको छ । जनआस्था साप्ताहिकमा समाचार छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us