Friday, 8 July 2016

डाक्टर गोविन्द केसीलाई टिचिङ अस्पतालले भन्यो, अस्पताल परिसरमा अनसन नबस्नु

काठमाडौं । आइतबार देखि अनसन बस्ने तयारीमा रहेका प्रा.डा. गोविन्द केसीलाई शिक्षण अस्पताल महाराजगञ्जले अस्पताल परिसरमा अनसन बस्न नदिने बताएको छ ।

निमित्त डिन विमलकुमार सिन्हाले केसीलाई अस्पताल परिसरमा अनसन बसेर उपचार सेवा प्रभावित नबनाउन आग्रह गरेका छन् । ‘केसीले अनसन तथा विरोधको कार्यक्रम सञ्चालन गर्दा शैक्षिक कार्यक्रम, परीक्षा तथा अस्पतालको उपचार सेवामा प्रत्यक्ष असर पर्ने भएका कारणले अनसन तथा विरोधका कार्यक्रम यस संस्थानको परिसरमा गर्नै नहुने सम्बन्धि सबै पक्षलाई आग्रह गर्दछौं,’ डिन कार्यालयको विज्ञप्तीमा भनिएको छ ।

विगतमा पनि केसीको आमरण अनसनले सेवा प्रभावित भएको उल्लेख गर्दै सिन्हाले अनसनलगायतका विरोधका कार्यक्रमले अस्पताल अस्थिर भएको बताएका छन् । उनले शिक्षण अस्पताल परिसरमा अनसन नबस्न अनुरोध गरेका छन् । 

२४ डाक्टरले पनि मागे टिचिङमै अनसनस्थल
यसैबीच २४ जना चिकित्सकले पनि शिक्षण अस्पतालमै अनसनस्थल उपलब्ध गराउन माग गरेका छन् । मनमोहन मेडिकल कलेजका २४ चिकित्सक, नर्सिङ र प्रशासनिक परिवारका तर्फबाट विज्ञप्ती जारी गर्दै अनसनस्थल माग गरिएको छ ।



About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us