Friday, 15 July 2016

प्रधानमन्त्री केपी ओलीको समर्थनमा स्वतस्फूर्त सडकमा प्रदर्शन


काठमाडौं—काठमाडौंमा सरकार परिवर्तनको सरगर्मी चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरु सडकमा उत्रिएका छन् । वर्तमान सत्ता गठबन्धनको घटक माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओलीको पक्षमा समर्थन जनाउँदैं शुक्रबार उनका समर्थकहरु सडकमा उत्रिएका हुन् । 

उनीहरुले राजधानीको माइतीघरमा प्लेकार्ड र ब्यानरहरुसहित प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमा ओलीको पक्ष र विपक्षमा दुई थरी मतहरु जारी भइरहँदा युवाहरु प्रधानमन्त्री ओली समर्थक युवाहरु स्वतस्फूर्त रुपमा सडकमा आएका हुन् । 

ओलीको समर्थनमा सडकमा उत्रिएकाहरूले आफूहरू स्वतन्त्र भएको बताएका छन् । सडकमा उत्रिएका अधिकांश सामाजिक सन्जालका प्रयोगकर्ताहरू रहेका छन् । 

उनले ‘हाम्रो देश हाम्रो बोली, आइएमवीथ केपी ओली’, ‘न कसैको अभावमा बाँच्छ न भारतको प्रभावमा बाँच्छ’, ‘राष्ट्रियता बेच्न पाइदैंन, नयाँ सरकार चाहिदैंन’, ‘अस्थिरता बाई वाई समर्थन, ओली सरकालाई’जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका उनका समर्थकहरु माइतीघर मण्डलामा जम्मा भएर प्रदर्शन गरेका थिए । 

सडकमा उत्रिने अधिकांश युवाहरु थिए । उनीहरुले प्लेकार्ड र ब्यानरसँगै नेपालको झण्डा पनि बोकेका थिए । 

शुक्रबार नै पोखरामा पनि प्रधानमन्त्री ओली समर्थकहरु स्वतस्फूर्त रुपमा सडकमा आएका थिए । भारतको चाहना विपतिर बनेको, नाकाबन्दी सामु नझुकेको र चीनसँग पारवहनलगायत ऐतिहासिक सम्झौता गरेका कारण काठमाडौंमा ओलीको समर्थन बढेको ठानिएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us