Saturday, 23 July 2016

माधव नेपाललाई यस्तो छ चिन्ता, देश डुब्न लाग्यो बचाउने मान्छे कोही छैन

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले मुलुकमा नयाँ ढङ्गबाट राष्ट्रिय सहमति कायम गरेर अघि बढनुपर्ने आवश्यकता औल्याउँदै देश डुब्न लागेको टिप्पणी गरेका छन् ।

“देश डुब्न लागेको छ, देशलाई बचाउने मान्छे कोही पनि छैन, एउटा पार्टी अहिले गुटमा परिवर्तन भइरहेको छ, हामी जालझेलमा लागिरहेका छाँ, प्रधानमन्त्री विरुद्ध व्यवस्थापिका–संसद्मा शुक्रबार पेस भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा शनिबार नेपालले भने, “आग्रहबाट प्रेरित भएर आरोप लगाउन अब सबैले छोड्नुपर्छ ।” 
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले नेकपा माओवादी केन्द्रले हतारमा ल्याएको अविश्वासको प्रस्तावमाथि प्रमुख प्रतिपक्षले हस्ताक्षर गरेर अघि बढ्नु त्रुटीपूर्ण रहेको भन्दै जो सुकैबाट गरिएको भए पनि राष्ट्रिय हितमा गरेका कामको मूल्यांकन हुन आवश्यक रहेको बताए । 

नेता नेपालले नियुक्ति, सरुवा, बढुवा, ठेक्काप्रणालीलाई विधि र प्रक्रियामा लैजान सबैबाट प्रतिवद्धता आउन जरुरी रहेकोमा जोड दिदै मुलुक बनाउने, प्रणालीमा लैजाने काममा सबै बीच सहमति कायम गरेर अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us